०७ असार २०८३, आइतबार

हुण्डी कारोबारी ४ जना १३ लाख ५३ हजार नगदसहित पक्राउ

हुण्डी कारोबारी ४ जना १३ लाख ५३ हजार नगदसहित पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेका ४ जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाले १३ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ ।

महाशाखाले काठमाडौंको न्यूरोडबाट १३ लाख ५३ हजार रुपैयाँ र ७८ हजार ९९ लाख बराबरको चेकसहित ४ जनालाई पक्राउ गरेको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए ।

‘उनीहरूलाई ह्याट्स एप, वीच्याटमार्फत हुण्डी कारोबार गरेको भन्ने सूचनाका आधारमा नगद र चेक गरी ९२ लाख ५१ हजारसहित पक्राउ गरेका हौं,’ एसएसपी थापाले भने ।

जय दूर्गा इन्टरनेसनलका सञ्चालक सुनसरीको धरान उपमहानगरपालिका–२ का नारायणकुमार अग्रवालको साथबाट नगद २ लाख २ हजार, एनएस ट्रेडर्स भोटेबहालका सञ्चालक काठमाडौं महानगरपालिका–१३ ताहचलका कमल अग्रवालको साथबाट २ लाख र १४ लाखको चेक, ई–जोन पसलका कर्मचारी सिन्धुपाल्चोकको मेलम्चीका भोला नेपालको साथबाट ९ लाख ५० हजार र ६४ लाख ९९ हजार रुपैयाँ बराबरको चेक र ई–जोन पसलकै सेल्स स्टाफ काठमाडौंको इन्द्रचोकका गोपाल अग्रवाललाई पक्राउ गरेको एसएसपी थापाले बताए ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गरी राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइने महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्