समयभन्दा पहिल्यै जन्म लिने बच्चाहरू किशोर र युवा भएपछि रोमान्टिक हुने, यौनसम्बन्ध बनाउने र सन्तान पैदा गर्ने क्षमतामा कमजोर हुने शोधकर्ताहरूले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले हालै निकालेको प्रतिवेदनमा समयभन्दा पहिला जन्मनेहरूमा यस्ता प्रकारका शारीरिक दुर्बलता देखिन सक्ने बताइएको छ ।
जामा नेटवर्क ओपन पत्रिकामा छापिएको शोधपत्र अनुसार ४४ लाख सहभागीमा गरिएको एक सर्वेक्षणमा जो समय भन्दा पहिला जन्मेको छ, उसले रोमान्टिक सम्बन्ध बनाउने सम्भावना २८ प्रतिशत कम भएको बताइएको छ । उनीहरू आमा-बुबा बन्ने सम्भावना पनि २२ प्रतिशतले कमी पाइएको छ ।
वार्विक विश्वविद्यालयका शोधकर्ताहरूले समयभन्दा पहिल्यै जन्मिनेहरूको सम्बन्ध लजालु स्वाभाव, असामाजिक हुने, किशोरावस्थामा जोखिम लिनसक्ने क्षमतासँग जोडिएको छ ।
विशेषज्ञहरूले भनेका छन् कि, जो बच्चा समयभन्दा पहिल्यै जन्मेको हुन्छ उनीहरूलाई आमा-बुबाले सामाजिक सम्बन्ध बनाउन प्रोत्साहित गर्नुपर्छ ।एजेन्सीको सहयोगमा