
फुडमान्डू प्रा. लि.को अनलाइन फूड फेस्टिभल–२०२० मा एनआईसी एसिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।
यसअन्तर्गत अनलाइन फूड फेस्टिभल–२०२० मा बैंकको मोबाईल बंैकिङ एप प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छूट पाउन सक्नेछन् ।
यो अफर पुस २१, २०७६ देखि पुस २७, २०७६ सम्म लागू हुनेछ ।
उक्त साझेदारी अनुसार बैंकका ग्राहकले फूडमान्डुबाट आफुलाई इच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरू, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करीब २० लाख ग्राहकको साथमा सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।