१३ असार २०८३, शनिबार

निर्भया काण्डका चारैजना दोषीलाई मृत्युदण्ड, माघ ८ गते फाँसी दिइने

निर्भया काण्डका चारैजना दोषीलाई मृत्युदण्ड, माघ ८ गते फाँसी दिइने

दिल्लीका कुख्यात निर्भया बलात्कार तथा हत्याका सबै चार दोषीलाई मृत्युदण्ड दिइएको छ ।

सन् २०१२ मा भएको उक्त बलात्कार र हत्याको मुद्दाको सुनुवाइ मंगलवार पटियाला हाउस अदालतमा भएको थियो । अदालतका न्यायाधीशले भिडियो कन्फरेन्समार्फत चारै दोषीसँग कुरा गरे । 

सुनुवाइका बेलामा निर्भयाकी आमा र दोषी मुकेशकी आमा अदालतमै रोए । 

दोषीहरूलाई बिहान ७ बजे फाँसी दिइनेछ । 

निर्भया काण्डका दोषी अक्षय, मुकेश, विनय र पवनलाई फाँसीको सजाय दिइएको हो । 

यस मुद्दामा अब कुनै पनि सुनुवाइ बाँकी छैन । विगत एक महिनामा सर्वोच्च अदालत, उच्च अदालत र पटियाला हाउस अदालतले दोषीहरूको निवेदन खारेज गरेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्