इरानी जनरल कासिम सुलेमानीको हत्या गरिएको विरोधमा इरानका एक वृद्ध बन्दुक बोकेर सडकमा आएका छन् ।
यमनको सानामा भएको विरोधमा उनी बन्दुकसहित सहभागी भएका हुन् ।
इरानी कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी इराकको बग्दादमा शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीको हत्या गर्न आफ्ना सेनालाई विशेष निर्देशन दिएका थिए ।
अमेरिकी ड्रोनको आक्रमणमा सुलेमानीसहित आठ जना मारिएका थिए । सुलेमानी मारिएपछि इरानमा ३ दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो ।
इरानले सुलेमानी हत्याको बदला लिने बताएको छ । इरानमा मात्र नभएर इरानप्रति सद्भाव देशहरूमा सुलेमानी मारिएको विरुद्ध प्रदर्शनहरू भइरहेका छन् ।
यमनमा भएको प्रदर्शनमा तस्वीरमा देखिएका यी वृद्ध सामेल भएका थिए ।