
भारतको राजधानी नयाँदिल्लीमा सन् २०१२ डिसेम्बर १६ मा भएको निर्भया बलात्कार घटनामा दोषी ठहर भएका चार जनाविरुद्ध ‘डेथ वारन्ट’ जारी गरिएको छ।
पटियाला हाउस अदालतले उनीहरुलाई २२ जनवरी, २०२० मा बिहान ७ बजे मुत्युदण्ड दिन समय तय गरेको हो।
मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएपछि अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहसहित ६ जनालाई दोषी ठहर गरेको थियो।
घटनामा संलग्न रहेका एक जनाले जेलभित्रै आत्महत्या गरिसकेका छन् भने अर्का एक जना नाबालक रहेको भन्दै सुधारगृहमा पठाइएको थियो।
बलात्कारपछि हत्या गरेको आरोप लागेका चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मा दोषी ठहर गरेको थियो।
उनीहरुले मृत्युदण्डको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकामा सर्वोच्चले गत डिसेम्बरमा उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गर्ने निर्णय गरेको थियो। -एजेन्सी