०२ असार २०८३, मंगलबार

विपाशालाई पूर्वप्रेमीले पठाए यस्तो सन्देश, भयो भाइरल

पुस २३, २०७६
विपाशालाई पूर्वप्रेमीले पठाए यस्तो सन्देश, भयो भाइरल

विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन्।

यो खास दिन उनले पति करण सिंह ग्रोवरसँग मालद्वीपमा सेलिब्रेट गरेकी छन्। उनका साथीभाइ र बलिउडका कयौं स्टारहरूले उनलाई जन्मदिनको खास बधाई दिएका छन्। अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि विशेष पोस्ट लेखेका छन्।

उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ। डिनोले आफ्नो इन्स्टाग्राम पोस्टमा विपाशासँगको पुरानो तस्बिर सेयर गरेका छन्। उक्त फोटो उनीहरूको डेटिङको समयको जस्तो लाग्छ।

डिनो र विपाशा १९९० को दशकमा रिलेसनसिपमा थिए। विभिन्न कारणले यो रिलेसनसिप टिक्न सकेन। २००२ मा उनीहरूको ब्रेकअप भयो। यो पुरानो तस्बिरको साथमा डिनोले बर्थडे विस मात्रै गरेनन् क्याप्सन पनि लेखेका छन्। ‘गुड टाइम्स् अलवेज’, उनले लेखेका छन्। तस्बिरमा विपाशा र डिनो दुवैले सेतो पहिरन लगाएर कुनै रेस्टुराँमा डिनर गर्दैछन्। अहिले विपाशा हाँसीखुसी विवाहित जिन्दगी बिताइरहेकी छन्। सोसल मिडियामा पनि निकै व्यस्त देखिन्छिन्।

उनले पतिको साथमा पोस्ट गरेका तस्बिरले सोसल मिडिया रंगीन छ। विपाशाको करणसँग फिल्म अलोनको सुटिङको समयमा भेट भएको थियो। दुवैले २०१६ मा विवाह गरेका हुन्। अहिले डिनो फिल्म ‘हेल्मेट’ को तयारी गरिरहेका छन्। उनले निर्माण गर्न लागेको फिल्ममा अपारशक्ति खुराना र प्रनुतन बहल छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्