
इरानमा दुर्घटना भएको युक्रेनको बोइङ ७३७ विमान आगोको मुश्लो बनेर भुइँमा झरेको देखाउने एक अपुष्ट भिडियो सार्वजनिक भएको छ । उक्त विमान तेहरानबाट किएभ जाँदै गर्दा उडेको केही छिनमा नै दुर्घटनाग्रस्त भएको थियो ।
मंगलवार अबेर राति अन्लाइनमा पोस्ट गरिएको भिडियोमा युक्रेन इन्टरनेसनल एयरलाइन्सको विमान जमीनमा ठोकिएर चम्किलो फ्ल्याश आएको देखिन्छ । विमानमा लगभग १८० यात्रु रहेको बताइएको छ ।
इरानले इराकस्थित अमेरिकी अड्डामा आक्रमण गरेलगत्तै यो दुर्घटना भएको हो । त्यसपछि अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले उक्त क्षेत्रमा अमेरिकाको नागरिक विमान उडान गर्न रोकेको छ ।
#Breaking First footage of the Ukrainian airplane while on fire falling near #Tehran pic.twitter.com/kGxnBb7f1q
— Ali Hashem علي هاشم (@alihashem_tv) January 8, 2020
एजेन्सी