२४ जेठ २०८३, आइतबार

युक्रेनी विमान इरानमा दुर्घटना, १ सय ७० जनाको मृत्यु

पुस २३, २०७६
युक्रेनी विमान इरानमा दुर्घटना, १ सय ७० जनाको मृत्यु

इरानमा भएको युक्रेनी विमान दुर्घटनामा १ सय ७० जनाको मृत्यु भएको छ । मंगलवार इरानमा युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको थियो । 

उक्त विमान तेहरानबाट किएभ जाँदै गर्दा उडेको केही छिनमा नै दुर्घटनाग्रस्त भएको थियो । 

इरानले इराकस्थित अमेरिकी अड्डामा आक्रमण गरेलगत्तै यो दुर्घटना भएको हो ।

त्यसपछि अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले उक्त क्षेत्रमा अमेरिकाको नागरिक विमान उडान गर्न रोकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्