३१ जेठ २०८३, आइतबार

हम्मरले हिर्काएर श्रीमतीको हत्या

हम्मरले हिर्काएर श्रीमतीको हत्या
सन्दर्भ तस्वीर

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ का एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ ।

मंगलवार राति दश बजेतिर ३२ वर्षीया सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीका प्रवक्ता खड्कबहादुर क्षेत्रीले जानकारी दिए । प्रहरीले अभियुक्त सनि कुमाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

फलामको हम्मरले टाउको, अनुहार, छातिमा हिर्काएर श्रीमती चम्पाको हत्या गरेको खुल्न आएको क्षेत्रीले जानकारी दिए । सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत फेला परेपछि प्रहरीमा खबर पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरासयी विवादका कारण हत्या भएको खुल्न आएको प्रहरी प्रवक्ता खत्रीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्