२४ असार २०८३, बुधबार

जब पाकिस्तानी सेनाका प्रवक्ताले नायिका दीपिकाको तारिफ गरे

जब पाकिस्तानी सेनाका प्रवक्ताले नायिका दीपिकाको तारिफ गरे

भारतको राजधानी दिल्लीस्थित जेएनयूमा गत आइतबार भएको आक्रमणको विरोधमा आन्दोलनरत विद्यार्थीलाई बलिउड नायिका दीपिका पादुकोणले साथ दिइन्। उनी मंगलबार बेलुका विश्वविद्यालय परिसर पुगेकी थिइन्।

उनको यो चौतर्फी स्वागत भइरहेकामा भारतीय जनता पार्टीका कयौँ नेताहरुले विरोध जनाएका छन्।

यो प्रकरणमा जोडिन पुगेका छन् पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूर । गफूरले दीपकाको तारिफ गरेका छन्। यद्यपि उनले उक्त ट्वीट डिलिट गरेका थिए। पाकिस्तानी पत्रकार नायला इनायतले ट्वीटको प्रिंट स्क्रीन सार्वजनिक गरेकी छन्।  

गफूरले ट्वीट लेख्दै भनेका छन्,‘स्याबास दीपिका युवा र सत्यसँग साथ रहेकामा।' 


 
 
 
 

salt training

कमेन्ट गर्नुहोस्