२३ असार २०८३, मंगलबार

इरानी राष्ट्रपति रौहानीको चेतावनीः 'अमेरिकासँग पछाडि हट्दैनौँ'

इरानी राष्ट्रपति रौहानीको चेतावनीः 'अमेरिकासँग पछाडि हट्दैनौँ'

इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ बुधबार दिएको र अब इरान अमेरिकासँग पछाडि  नहट्ने बताएका छन्।

राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा उनले भनेका छन्, ‘यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ।’

उनले अगाडि भनेका छन्, ‘उनीहरूले बुद्धि पु्याउँछन् भने अब यस बिषय (कारबाही) लाई थप अघि बढाउने छैनन्,’ उनले थपे।

आफ्ना कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि इरानी राष्ट्रपतिको उक्त भनाइ आएको हो।

रूहानीले भने, ‘यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन । मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्