
इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग युद्ध चाहेको आरोप लगाएका छन् ।
उनले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या र त्यसपछि का अमेरिकाको इरानप्रतिको काम र व्यवहारले अमेरिका इरानसँग युद्ध गर्न चाहेको देखिएको बताए ।
विदेशमन्त्री जरिफले सुलेमानीको हत्यालाई अमेरिकाले इरानमाथि गरेको ठूलो अपराधको संज्ञा दिँदै यस्ता क्रियाकलाप नै आतंककारी क्रियाकलाप भएको बताए ।
उनले सुलेमानीको हत्याको बदला अमेरिकासँग लिएरै छाड्ने पनि बताए । उनले भने, ‘हामीलाई यो थाहा छ कि हामी हाम्रा सैन्य कमान्डरको हत्याको बदला लिनेछौं ।’ राजधानी दैनिकमा खबर छ ।