०३ असार २०८३, बुधबार

ओलीलाई प्रचण्डको कडा प्रस्ताव– त्यसो भए प्रधानमन्त्री मलाई दिनुस् !

पुस २४, २०७६
ओलीलाई प्रचण्डको कडा प्रस्ताव– त्यसो भए प्रधानमन्त्री मलाई दिनुस् !

नेकपाभित्र सभामुखको उम्मेदवारलाई लिएर विवाद बढिरहेको समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधामनन्त्रीको ‘बार्गेनिङ’ गरेको समाचार बिहीवारको अन्नपूर्ण पोष्टले छापेको छ ।

नेकपाका प्रभावशाली नेता वामदेव गौतमको निवासमा बुधवार भएको प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल सहितको भेलामा प्रचण्डले ओलीसमक्ष त्यस्तो प्रस्ताव राखेको जानकारी गराएका हुन् ।

भेलामा नारायणकाजी श्रेष्ठ र भीम रावल समेत सहभागी थिए ।

‘सभामुख मैले प्रस्ताव गर्ने हो, तपाईं (ओली)ले सुवास नेम्वाङलाई नै बनाउने अन्य कसैलाई नबनाउने भन्नुहुन्छ भने त्यो ठीक छ । तपाईं प्रधानमन्त्री छाडेर कार्यकारी अध्यक्ष बन्नुहोस् म प्रधानमन्त्री बन्छु ।

मैले त्यसरी कुरा राखेको छु,’ बैठकमा प्रचण्डको भनाई उद्धृत गर्दै अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन् ।

नेकपाभित्र सभमुखको उम्मेदवार पेचिलो बन्दै गएपछि प्रतिनिधि सभाको बैठक लामो समयदेखि सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रचण्ड र ओलीबीच पटक–पटक छलफल भएपनि सभामुखको विवाद टुंगिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्