०८ साउन २०८३, शुक्रबार

आदित्य नारायणले नेहा कक्कडसँग विवाह गर्ने ?

आदित्य नारायणले नेहा कक्कडसँग विवाह गर्ने ?

यसपालिको इन्डियन आइडलमा हंगामा हुने देखिएको छ । भारतीय गायन क्षेत्रका दुई हस्ती उदित नारायण झा र अल्का याग्निक मञ्चमा देखिनेछन् । 

त्यसबाहेक अर्को एक रमाइलो हुने देखिन्छ । उदित नारायण र इन्डियन आइडलकी जज नेहा कक्कडबीच रमाइलो संवाद हुनेछ । उदितले आफ्ना छोरा आदित्य नारायणको नाम लिएर नेहालाई जिस्काउनेछन् । 

उदितले भन्नेछन्, ‘म इन्डियन आइडललाई शुरूदेखि नै फलो गर्दै आइरहेको छु । अनि अर्को एक कारणले मलाई इन्डियन आइडलको मञ्चमा आउन बाध्य बनायो । म नेहा कक्कडलाई बुहारी बनाउन चाहन्छु ।’ अनि आदित्यकी आमा

दीपा पनि मञ्चमा आएर नेहालाई नारायण खानदानकी बुहारी बनाउने बताउनेछिन् । 

अझ नेहाका आमाबुवा पनि सेटमा आउनेछन् । यस्तो कुराकानी हुँदा आदित्य एकदमै खुशी हुनेछन् । यसबीचमा नेहाले मजाक गर्दै भनिन्, ‘मैले यति छिटो बिहेका लागि मानें भने कुनै मज्जा आउने भएन ।’

यो सब साँचो हो कि शोका लागि गरिएको हँसीमजाक हो भन्ने कुरा शो हेरेपछि मात्र थाहा हुनेछ । आदित्य र नेहाको विवाहका बारेमा केही पनि कन्फर्म छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्