२४ जेठ २०८३, आइतबार

अस्ट्रेलियाको जंगलमा लागेको डढेलोको धूँवा दक्षिण अमेरिकासम्म पुग्यो

अस्ट्रेलियाको जंगलमा लागेको डढेलोको धूँवा दक्षिण अमेरिकासम्म पुग्यो

अस्ट्रेलियामा लागेको डढेलोले अहिले पूरा विश्वलाई आक्रान्त बनाएको छ । 

शुरूमा त्यो आगोको धूँवा दुई हजार किलोमिटर रहेको न्युजील्यान्ड पुग्यो । त्यसपछि अहिले धूँवा दक्षिण अमेरिकी देशहरूमा पुगिसकेको छ । 

धूँवा १२ हजार किलोमिटर टाढा रहेको चिली, ब्राजिल र अर्जेन्टिनासम्म पुगेको छ । 

अमेरिकी मौसमविज्ञान संस्थान नेसनल ओसियानिक एट्मोस्फेरिक एडमिनिस्ट्रेसनले जारी गरेको तस्वीर हेर्दा चिली, ब्राजिल र अर्जेन्टिनाको आकाशमा धूँवा देखिन्छ जबकि अहिले त्यहाँ आकाश सफा हुनुपर्ने हो । 

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलको आकाशमा २४ घन्टादेखि धूँवा देखिएको छ । 

ती तीन देशका आकाशमा छाएको धूँवा लगभग ६ हजार मिटर मास्तिर छ । अमेरिकी मौसम विभागका अनुसार, यस धूँवाले मानिसको स्वास्थ्यमा कुनै असर पार्दैन । तर कुनै देशमा उठेको धूँवा त्यति पर अर्को देशमा पुग्नु भनेको वैश्विक स्तरमा चिन्ताको विषय हो ।

अस्ट्रेलियामा पाँच महिनादेखि लागेको आगोका कारण २४ जनाको मृत्यु भइसकेको छ । अनि ८० हजार वर्ग किलोमिटर क्षेत्रको जंगल नष्ट भइसकेको छ । लगभग ५० करोडभन्दा बढी जीवजन्तु मारिएका छन् । कंगारू आइल्यान्ड पूरै खरानी भएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्