२३ जेठ २०८३, शनिबार

कर्मचारीको नाम लिँदै सांसदले सोधे– यिनीहरूलाई ७ जुनीसम्म पाप लाग्छ कि लाग्दैन ?

कर्मचारीको नाम लिँदै सांसदले सोधे– यिनीहरूलाई ७ जुनीसम्म पाप लाग्छ कि लाग्दैन ?

नेकपाका सांसद् रामनारायण बिँडारीले बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सरोकारवालाहरू निरीह देखिएको गुनासो गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बिँडारीले यस्तो कुरालाई नजरअन्दाज गर्नेहरूलाई सात जुनीसम्म पाप लाग्ने बताए ।

'सडकको सिद्धान्त के हो ? त्यो सिद्धान्तअनुसार सडक कसरी बनाउनुपर्छ ? सडकका बडेमान–बडेमान खाल्डाहरू र डङ्ग्रङ–डङ्ग्रङ हुने गरी सडकबाट गर्लम्-गर्लम् मान्छेहरू भीरबाट खस्दाखेरी मुसुमुसु हाँसेर बस्ने हाम्रो देशका ब्यूरोक्र्याट्स, हाम्रा देशका इञ्जिनियरहरू, तिनीहरूलाई सात जुनीसम्म पाप लाग्छ कि लाग्दैन ?' सांसद बिँडारीले भने ।

२०७१ सालयता सवारी दुर्घटनामा परी १० हजार जनाले ज्यान गुमाएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्