०९ साउन २०८३, शनिबार

आगलागी भएपछि छोराछोरी बचाउने हुँदा किमको तस्वीर जल्न छोड्ने महिलालाई कारावास सजाय हुन सक्ने

आगलागी भएपछि छोराछोरी बचाउने हुँदा किमको तस्वीर जल्न छोड्ने महिलालाई कारावास सजाय हुन सक्ने

उत्तर कोरियामा एक महिलाले घरमा आगो लागेपछि आफ्ना दुई सन्तानलाई जोगाउने क्रममा शासकहरूको तस्वीर जल्नका लागि छोडेको पाइएपछि कारावास पठाइने धम्की पाएकी छन् । 

ती महिलालाई देशको गृह मन्त्रालयले अनुसन्धानमा राखेको छ । चीनसँगको सीमामा रहेको ओनसोङ काउन्टीमा दुई परिवार बस्ने एक घरमा आगो लागेपछि घटना भएको थियो । 

आगो लाग्दा दुवै परिवारका मातापिता बाहिर थिए । धूँवा देखेपछि उनीहरू घरतिर दौडिँदै आए । त्यसक्रममा एक चित्र जलेर नष्ट भयो । 

उत्तर कोरियाका सबै घरमा किम इल–सुङ र किम जोङ–इलको तस्वीर अनिवार्य झुण्ड्याउनुपर्छ । निरीक्षकहरूले बेला बेलामा तस्वीर छ कि छैन भनी निरीक्षण गर्ने गरेका छन् । 

त्यहाँको कानून अनुसार किम परिवारका सबै चित्रलाई मानिसलाई जत्तिकै सम्मान दर्शाउनुपर्छ । त्यसैले चित्रलाई उचित सम्मान नदिनु गम्भीर अपराध मानिन्छ । 

दोषी साबित भएमा ती आमाले लामो कारावास र कठोर श्रमको सजाय पाउनेछिन् ।

अनुसन्धानको दायरामा परेकाले उनले अस्पतालमा आफ्ना छोराछोरीको हेरचाह गर्न पाएकी छैनन् अनि उनीहरूको घाउमा एन्टीबायोटिक लगाउन समेत पाएकी छैनन् । 

उनका छिमेकीहरूले सहायता गर्नका लागि इच्छा देखाएको भए पनि उनलाई राजनीतिक अपराधको आरोप लगाइने डरले टाढै बस्ने निर्णय लिए ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्