३१ जेठ २०८३, आइतबार

नेकपामा प्रचण्डको भूमिकामा प्रश्न : ‘अध्यक्ष कि गुटका प्रमुख ?’

पुस २५, २०७६
नेकपामा प्रचण्डको भूमिकामा प्रश्न : ‘अध्यक्ष कि गुटका प्रमुख ?’

सत्तारूढ नेकपाको गत स्थायी समिति बैठकमा गुट/उपगुट झाँगिएर पार्टी संस्थागत हुन नसकेको भन्दै पुष्पकमल दाहाल 'प्रचण्ड'ले गम्भीर चिन्ता व्यक्त गरेका थिए ।

उनले आफ्नो लिखित प्रतिवेदनमै भनेका थिए, ‘नेताहरू पार्टीभन्दा पनि गुटप्रति बफादार भएजस्तो देखियो, यो अन्त्य गर्नुपर्छ ।’ आफैंले पेस गरेको प्रतिवेदन र गुटबारे सामना गरेका सवाललाई चुनौती दिने गरी दाहाल गुटका भेला र छलफलमा सहभागी हुन थालेका छन् । यसले पार्टीको कार्यकारी अध्यक्ष भइकन पनि नेतैपिच्छे छलफल चलाउन थालेको भन्दै उनको आलोचना हुन थालेको छ । ‘उहाँ त सिंगो पार्टीको जिम्मेवारीमा रहनुभएको कार्यकारी अध्यक्ष हो, यसरी नेताका घरघर गएर स्वार्थ समूहको छलफल चलाउन मिल्छ ?’ एक स्थायी समिति सदस्यले भने, ‘कार्यकारी अध्यक्षबाट अनुशासनको उल्लंघन भयो ।’

वरिष्ठ नेता झलनाथ खनालले उक्त भेला कुनै मिसनमा रूपमा नभएको बताए ।

‘कुनै खास एजेन्डा, पार्टी पद्धतिबारे सामान्य छलफल भएको हो,’ खनालले भने, ‘वामदेवजीले फोन गरेर बोलाउनुभयो, गइयो ।’

खनाल र नेपाललाई गौतमले नै बोलाएका थिए भने श्रेष्ठ अध्यक्ष दाहालले बोलाएर गौतमको घर पुगेका थिए । दाहाल आफैंचाहिँ गौतम यसअघिको बैठकमा रिसाएका कारण सम्झाउने अवसर ठानेर गएका थिए । गौतमलाई उनले ‘पहिले राष्ट्रिय सभामा जाँदै गर्नुहोस्, त्यसपछि त्यहीँबाट संविधान संशोधनको माहोल बनेको अवस्थामा तपाईको चासो पनि सम्बोधन गरौंला’ भनेका थिए । प्रधानमन्त्री बन्नका लागि मात्र भनेर संविधान संशोधन गर्दा राम्रो सन्देश नजाने भएकाले अन्य विषयमा संशोधन हुँदा त्यो विषय पनि पार्न सकिने दाहालको भनाइ थियो ।

पार्टीमा स–साना असमझदारी हुनेबित्तिकै नेताहरूको झुन्ड बसेर छलफल गर्ने र रणनीति बनाउने अभ्यास पूर्वमाओवादीमा व्यापक थियो । प्रधानमन्त्री ओलीविरुद्ध यसअघि पनि यी नेताहरूले धोबीघाटमा छुट्टै भेला गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्