
बलिउडमा मीटु अभियानको शुरूवात गर्ने नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरलाई बलात्कार आरोपी बाबा आशारामसँग तुलना गरेका छन् ।
नायिका दत्ताले भनेकी छिन्, ‘दुवै (नाना र आशाराम) सेता कुर्ता पहिरिन्छन् । तर मन कालो छ ।’ तनुश्रीले नाना पाटेकरका साथै बलिउडका राकेश सारंग, समी सिद्धिकी र गणेश आचार्यमाथि मीटुको आरोप लगाएकी छिन् । उनले ती व्यक्तिसँग काम गर्नेहरूको पछि धज्जी उडाएकी छिन् । तनुश्रीको भनाइ छ,‘यदि तपाईंसँग पैसा छ भने तपाईंलाई न्याय र सम्मान दुवै प्राप्त हुनेछ ।’
उनले नानालाई ढोंगी समेत भनेकी छिन्,‘नानाले फाउन्डेसन खोलेर रकम जम्मा गरेका छन् । तर कति वास्तविक किसानले यसबाट लाभ पाए, थाहा छैन । आफ्नो सानो घर बनाएर उनी आफू गरिब भएको नाटक गरेका छन् ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।