२५ जेठ २०८३, सोमबार

२ दिनपछि स्थायी राजधानी ‘हेटौंडा’ बन्ने मुख्यमन्त्री पौडेलको घोषणा

२ दिनपछि स्थायी राजधानी ‘हेटौंडा’ बन्ने मुख्यमन्त्री पौडेलको घोषणा
फाइल फोटो

प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले २ दिनपछि स्थायी राजधानी पाउने बताएका छन् ।

उद्योग संघ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौंडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए ।

मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश ३ सरकार लागिरहेको बताए । उनले हेटौंडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश ३ मातहत ल्याउन प्रयास भइरहेको भएपनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पारे ।

उनले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न औद्योगिक विकास आवश्यक रहेको बताए । ‘हाम्रो प्रदेशको समृद्धिको आधार के के हुनसक्छ भनेर विज्ञसहित धेरै छलफल भए, अध्ययन भए र ती सबैको अन्तिम निचोड भनेको उद्यमशीलता बढाउने, औद्योगिक विकास गर्ने भन्ने नै हो भन्ने बुझेका छौं र आगामी दिनमा सोही अनुसार रणनीति निर्माण गर्छौं,’ मन्त्री नेपालले भने ।

उनले प्रदेशलाई उद्योगमैत्री बनाउनुपर्ने धारणा राखे । बढीभन्दा बढी उद्योगीलाई यस प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गरिने बताउँदै प्रदेश सरकार उद्योगलाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्