१९ असार २०८३, शुक्रबार

एटीएम फोरेर १० लाखको लुटपाट

एटीएम फोरेर १० लाखको लुटपाट

भारतको जयपुरस्थित हरमाडामा बिहीवार राति बैंकको एटीएम फोरेर १० लाख रुपैयाँ लुटेका छन् ।

एचडीएफसी बैंकको एटीएम फोरेर दुई अज्ञात मान्छेले १० लाख लिएर फरार भएका हुन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरूले सीसीटिभी क्यामेरा पनि फुटालेका छन् ।

जानकारीका अनुसार एटीएममा बुधवार नै पैसा राखिएको थियो । शुक्रवार राति उनीहरूले एटीएम फोरेर त्यहाँ भएको सबै रकम लिएर फरार भएका हुन् ।

एटीएममा लगाइएको सीसीटिभी फुटेज देखेर प्रहरी तत्काल घटनास्थलमा पुगेका थिए । तर प्रहरीभन्दा पहिले नै चोरहरूले पैसा चोरिसकेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्