१४ असार २०८३, आइतबार

नेपाल जनप्रशासन संघको अध्यक्षमा कृष्णहरी बास्कोटा निर्विरोध चयन

नेपाल जनप्रशासन संघको अध्यक्षमा कृष्णहरी बास्कोटा निर्विरोध चयन

नेपाल जनप्रशासन संघको अध्यक्षमा पुर्व सुचना आयुक्त कृष्णहरी बास्कोटा सर्वसम्मत रुपमा चयन भएका छन् ।

२०४७ सालमा गठन भएको संघको नियमित २० औं अधिवेशनले बास्कोटालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

आज शुक्रबार अध्यक्ष पदको पदभार ग्रहण गर्दै संघका नवनिर्वाचित अध्यक्ष बास्कोटाले नेपालको मुलुकी प्रशासनलाई समय सापेक्ष चुस्त दुरुस्त तुल्याउन संघले निरन्तर खवरदारीको भुमिका खेल्ने बताए ।

शुक्रबार नै संघले सुशासन र विकास सम्बन्धि विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली लगाएतका प्रशासन विज्ञहरुको उपस्थिति रहेको संघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्