०९ असार २०८३, मंगलबार

दीपिका भन्छिन् : ‘अभिनयमा नलागेकी भए सफाइ कर्मचारी हुन्थेँ’

पुस २६, २०७६
दीपिका भन्छिन् : ‘अभिनयमा नलागेकी भए सफाइ कर्मचारी हुन्थेँ’

बलिउड अभिनेत्री दीपिका पादुकोणले आफू अभिनयमा नलागेको भए सफाइ कर्मचारी हुने बताएकी छन् । उनले अभिनय गरेको एसिडपीडित युवती लक्ष्मी अग्रवालको जीवनीमा आधारित ‘छपाक’ शुक्रबार रिलिज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी समर्थकले उनको फिल्म बहिष्कारको घोषणा गरेका छन् । उनी जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको विद्यार्थीमाथि भएको आक्रमणको विरोधमा उभिएपछि भाजपा समर्थकले आलोचना गरिरहेका छन् । 

अन्य राजनीतिक दल, लेखक र बुद्धिजीवीले भने उनको प्रशंसा गरेका छन् । यहिबीच रिलिज भएको उनको फिल्म ‘छपाक’ले पनि फिल्म समीक्षक र दर्शकबाट प्रशंसा पाइरहेको छ । भारतका केही राज्यमा उनको फिल्मलाई कर नलाग्ने घोषणा गरिएको छ । 

त्यही क्रममा सञ्चारकर्मीसँग बोल्दै अभिनेत्री पादुकोणले खुसी जनाएकी छन् । यो फिल्ममा गम्भीरतापूवर्क काम गरेको बताउँदै उनले समाजमा सकारात्मक सन्देश दिने विश्वास गरेकी छिन् । 

अभिनयबाहेक अन्य कुन विषयमा लगाव छ भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘म अभिनेत्री हुँदैन्थेँ भने सरसफाइ कर्मचारी हुने थिएँ । मलाई सरसफाइमा एकदम रुचि छ । मसँग काम गर्नेहरू पनि मेरो सरसफाइप्रतिको लगावलाई बुझ्नेछन् ।’ नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्