२३ जेठ २०८३, शनिबार

भोलि पृथ्वीजयन्ती : २ पालिकामा सार्वजनिक बिदा

भोलि पृथ्वीजयन्ती : २ पालिकामा सार्वजनिक बिदा

झापा जिल्लाका २ स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।

हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि आइतवार सार्वजनिक बिदा दिएका हुन् ।

नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।

‘सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ,’ उनले भने, ‘राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो ।’

झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्