
सुत्केरीको मृत्यु भएपछि जोरपाटी अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा तोडफोड भएको छ।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ पुस रातिमा बच्चालाई जन्म दिएकोमा नवजात शिशु स्वस्थ रहेका छन्।

तर, सुत्केरीका क्रममा सुनिताको मृत्यु भएको थियो। चिकित्सकको लापरबाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।
भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएपछि उनको ज्यान गएको मृतककी आफन्त कला राईले बताइन्।
आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन्।

बौद्धका डिएसपी रमेशबहादुर सिंहका अनुसार अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ।
हेर्नुस् भिडियाे