२८ जेठ २०८३, बिहीबार

अमेरिका–इरान तनावबीच मध्यपूर्व भ्रमणमा निस्किए जापानी प्रधानमन्त्री

अमेरिका–इरान तनावबीच मध्यपूर्व भ्रमणमा निस्किए जापानी प्रधानमन्त्री

अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मध्यपूर्वको पाँच दिने भ्रमण सुरू गरेका छन्। 

भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गुर्नुहुने जापानी प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ।

प्रधानमन्त्री आवेले भनेका छन्, “जापानको खाडी मुलुकहरू साउदी अरब, यूएई र ओमनसँगको मित्रतापूर्ण सम्बन्धका आधारमा त्यहाँका नेताहरूसँग मध्यपूर्वको राजनीतिक स्थिरताका लागि कूटनीतिक पहलका लागि आग्रह गर्नेछु ।”

भ्रमण टोकियोले सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का अधिकारी र हार्डवेयरको लागि सूचना सङ्कलन अभियानपूर्व भएकोले पनि विशेष महत्वका साथ हेरिएको छ । अभियान ओमनको खाडी र अरबी सामुद्रिक क्षेत्रमा सञ्चालन हुने तय भएको छ ।

प्रधानमन्त्री आवेले आफूले जापानी व्यवसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूत गर्न ती खाडी मुलुकलाई जापानी अभियानको उद्देश्य बताउन र समर्थन प्राप्त गर्नका लागि भ्रमणलाई सदुपयोग गर्ने अनुमान गरिएको छ । यस बाहेक अमेरिका र इरानबीच पछिल्ला केही दिन यता बढेको तनाब मथ्थर गर्न खाडी मुलुकहरूका नेताहरूसँग वार्ताहरू हुने जापानले बताएको छ ।

प्रधानमन्त्री आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम छ। 

salt training

कमेन्ट गर्नुहोस्