
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार सभामुखबारे छलफल गर्न बसेको नेकपा सचिवालयको बैठकमा नेकपाका तर्फबाट सभामुखमा उम्मेदवार दिने र त्यो भन्दा पहिले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधि सभामा रिक्त रहेको सभामुखका लागि निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिन लगाउने निर्णय भएको बताउँदै प्रवक्ता श्रेष्ठले नेकपाले सभामुख पदमा उम्मेदवारी दिन नेकपाबाट उपसभामुखमा निर्वाचित तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने बताए ।
सभामुखमा नेकपाबाट कसले उम्मेदवारी दिने भन्ने कुरा भने उनले बताएनन् । उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि मात्र सभामुखबारे निर्णय गर्ने उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।