१३ असार २०८३, शनिबार

तस्करको तारोमा थिए दिलीप

पुस २७, २०७६
तस्करको तारोमा थिए दिलीप

छोराको हत्यापछि चन्द्रकला देवीको आँखाबाट आँसु झर्न रोकिएको छैन । उनको आँसु पुछ्नेहरूको पनि आँसु थामिएको छैन । 

गाउँ नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा तस्करको समूहले टिपरले किचेर शुक्रवार बिहान चन्द्रकलाको २४ वर्षीय छोरा दिलीप (ओमप्रकाश) महतोको हत्या भएको थियो । 

छोरो ओमप्रकाशको हत्यापछि चन्द्रकला रोइरहेकी छन् । उनलाई सान्त्वना दिन आएका इष्टमित्रले घर आँगन भरिभराउ छ । चिच्याउँदै चन्द्रकला भनिरहेकी छन्, ‘राजा बेटा के देखा दे, सोना बेटा के देखा दे (राजा छोरालाई देखाइ दे, सोना छोरालाई देखाई दे) ।’

क्रसर डनले खोलामा अवैध रूपमा बालुवा–गिट्टी निकाल्दै थिए । शुक्रवार बिहान करिब ४ बजे साथी रोशन यादवसँग उत्खनन रोक्न ओमप्रकाश घर नजिकै औरही खोला गएका थिए ।

तस्करको समूहले कुटपिट गरी उनलाई टिपरले किचेर हत्या गर्‍यो । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाश सामाजिक गतिविधिमा रूची राख्थे । गैरकानूनी कामको खुलेर विरोध गर्थे । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्