०३ असार २०८३, बुधबार

यी अर्बपतिलाई चाहियो गर्लफ्रेन्ड, लैजाने छन् चन्द्रमाकाे यात्रामा

यी अर्बपतिलाई चाहियो गर्लफ्रेन्ड, लैजाने छन् चन्द्रमाकाे यात्रामा

मान्छे आफ्नी प्रेमिका, पत्नी वा गर्लफ्रेन्डलाई चन्द्रमा झारेर ल्याउने बाचा गर्न पछि पर्दैनन्। तर,यी अर्बपति आफ्नी गर्लफ्रेन्डलाई चन्द्रमाको यात्रामा लैजाने छन्। 

यी व्यक्तिले विज्ञापन गरेर २० वर्ष वा त्योभन्दा बढी उमेरकी युवती आफ्नी गर्लफ्रेन्ड बनेमा चन्द्रमामा लैजाने छन्।  आखिर को हुन् यी मान्छे ? किन यति ठूलो घोषणा गरे? 

यी अर्बपतिको नाम हो, युसाकू मैइजावा। जापानका यी अर्बपतिलाई एक गर्लफ्रेन्ड चाहिएको हो। त्यसका लागि युवतीले आवेदन दिनुपर्ने छ।

गर्लफ्रेन्ड बन्न १७ जनवरीभित्र आवेदन दिनुपर्ने छ। युसाकू मैइजावा ४४ वर्ष उमेरका हुन्।  उनी तीन बच्चाका पिता पनि हुन्। उनी र  जापानी नायिका अयामे गोरिकीबीच हालैमात्र ब्रेकअप भएको थियो। 

युसाकू आगामी मार्चको अन्त्यमा एक युवतीलाई छनोट गर्ने छन्। युसाकू हर युवतीसँग आफै कुरा गर्ने छन् र डेट पनि जाने छन्। त्यसपछि उनी आफ्नो गर्लफ्रेन्ड तय गर्नेछन्।

salt training

कमेन्ट गर्नुहोस्