
न्यूरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साेमबारको खेलमा एनआरटीले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै जारी लिगमा तेस्रो जित हासिल गरेको हो।
एनआरटीको जितमा दर्शन गुरुङले गोल गरे । उनले खेलमने ७६औँ मिनेटमा गोल गरेका थिए ।
राजेश परियारको पासमा दर्शनले पेनाल्टी बक्सको मध्यभागबाट गोल गरेका थिए । यससँगै एनआरटीले आठ अङ्क जोडेको छ । यता पराजित पुलिसको पनि समान आठ अङ्क नै छ । जितपछि एनआरटी छैटौं स्थानमा उक्लेको छ भने पुलिस सातौं स्थानमा छ।