बलिउड अभिनेत्री किम शर्मा पछिल्लो पटक चर्चित गायक विशाल ददलानीसँग देखा परिन्।
यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भए। किमका फ्यानहरुको प्रश्न छ, किम विशालसँग डेट गरिरहेकी हुन्?
सार्वजनिक भएको तस्वीरमा विशाल ददलानी क्याजुअल ब्ल्याक टीशर्ट र नीलो रंगको जीन्समा देखा परेका छन्। किम शर्माले सेतो रंगको मिनी ड्रेस लगाएकी छन्।
एक तस्वीरमा किम विशाललाई चुम्बन गरिरहेको देखिन्छ।

किम यसअघि ‘सनम तेरी कसम’ का नायक हर्षवर्धन राणाका साथ अफयरमा थिइन्। किम र हर्षले चुम्बन गरेको तस्वीर पनि भाइरल बनेको थियो।
तर, ब्रेकअपपछि दुबै जना सँगै देखिएका छैनन्।