
गत वर्ष माघ ११ गते सार्वजनिक बसभित्र हस्तमैथुन गरेको अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने २१ वर्षीय रविन सार्कीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
मंगलवार महानगरीय अपराध महाशाखा काठमाडौंले पत्रकार सम्मेलन गर्दै प्रहरीले तनहुँको अरुणोदय घर भई हाल चितवनको भरतपुर उपमहानगरपालिका बस्ने रविन सार्की (रविन रुचाल) लाई सार्वजनिक गरेको हो ।
करीब ३ वर्षअघिदेखि रिक्सा चलाउने काम गरी बानेश्वरमा डेरा गरी बस्ने सार्कीले बसभित्र अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । भिडियो बनाएर सार्वजनिक गरेपछि सार्की भागेर भारतको नयाँदिल्ली गएको प्रहरीले जनाएको छ ।
करीब ३–४ महिना अगाडि भारतबाट चितवन फर्किआएको अवस्थामा सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।