
सशस्त्र प्रहरी बलले नायब महानरीक्षक (डीआईजी)को बढुवाको लागि सूचना प्रकाशित गरेको छ ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिको सोमवार बसेको बैठकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र गृह मन्त्रालयको बढुवा समितिको सचिवालयमा पेश गर्न भनेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ९ को उपनियम (१) (क) बमोजिम खाली भएको पदका लागि गृह मन्त्रालयको सिफारिस समितिले अन्तिम नामावली सार्वजनिक गर्छ ।
सशस्त्र प्रहरी बलका ६ जना डीआईजी सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे, अरविन्द धिताल, रामप्रकाश श्रेष्ठ, बसन्त बानियाँ र राजुराम सुवालले अवकाश पाएका थिए ।
कृष्णभक्त ब्रम्हाचार्य (केबी), हरिशचन्द्र अधिकारी, बैशिराज दाहाल, किशोर प्रधानलयातका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक 'एसएसपी)हरू ६ वटा रिक्त पदको लागि प्रतिस्पर्धामा छन् ।