१८ असार २०८३, बिहीबार

आगलागी हुँदा ४८ लाख बराबरको क्षति

आगलागी हुँदा ४८ लाख बराबरको क्षति
प्रतिकात्मक तस्वीर

विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ४८ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, २ लाख नगद, अन्नपात, काठपातलगायत जल्दा ४८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । मंगलवार बिहान करीब ८ बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएको थियो । 

अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हुन् । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्