०९ असार २०८३, मंगलबार

अनलाइन जागिर खोज्नेहरूका लागि अब 'आस्क मी कन्सल्ट डट कम'

अनलाइन जागिर खोज्नेहरूका लागि अब 'आस्क मी कन्सल्ट डट कम'

अनलाइन जागिर खोज्नेहरूका लागि आस्क मी भर्चुअल जब फेयरले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख सहकार्यमा अनलाइन जब संचालन गर्ने भएको छ ।

आस्क मी म्यानेजमेन्टले यहि जनवरी २९ र ३० मा अनलाईन जब संचालन गर्ने भएको हो ।

कम्पनीकी व्यवस्थापकीय निर्देशक अर्चना कुवंर क्षेत्रीका अनुसार यो नेपालका लागि बिल्कुलौ नयाँ अवधारणा हो ।

यस जब फेयरमा कम्तीमा जागिर खोज्नेमध्ये १ लाखले अनलाइन प्ल्याटफर्म भिजिट गर्ने लक्ष्य लिइएको कुरा उनी बताउँछिन् ।

साथसाथै १ सय भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्ने लक्ष्य लिइएको छ । यस्मा इसेवा, फोनपे जस्ता कम्पनिहरुले पनि सहकार्य गरेका छन् ।

यदि कुनै पनि कम्पनीले यस प्ल्याटफर्ममा अनलाइन स्टल राख्न चाहेमा कम्पनीको वेबसाइटमा गएर राख्न सकिन्छ ।

देशभरिका मानिसहरुले एकै साथ यो प्ल्याटफर्ममा गई सुहाउँदो जागिरका लागि आवेदन दिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्