०२ असार २०८३, मंगलबार

माघीमा अध्यक्ष प्रचण्डले दिए शुभकामना

माघीमा अध्यक्ष प्रचण्डले दिए शुभकामना

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे संक्रान्तिको अवसरमा शुभकामना दिँदै यस्ता पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्,’ अध्यक्ष दाहालद्वारा बुधवार जारी सन्देशमा भनिएको छ ।

उनले पर्वले समस्त समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्