१३ असार २०८३, शनिबार

उडिरहेको विमानबाट खस्यो इन्धन, स्कूलका विद्यार्थीको बिजोक (भिडियो)

उडिरहेको विमानबाट खस्यो इन्धन, स्कूलका विद्यार्थीको बिजोक (भिडियो)

अमेरिकाको लस एन्जलस विमानस्थलबाट चीनको शांघाई शहरका लागि उडेको विमानमा अचानक प्राविधक गडबडी आयो । 

थाहा पाउनेबित्तिकै विमानलाई आकस्मिक अवतरण गर्न भनियो । आकस्मिक अवतरण प्रक्रियामा विमानले आफ्नो इन्धन घटाउने गर्छन् । यस विमानले इन्धन झार्ने क्रममा एक विद्यालयमा झार्न पुग्यो । त्यसले गर्दा ६० जना घाइते भए । 
लस एन्जलस काउन्टी दमकल विभागका निरीक्षक सीन फर्ग्युसनले जेट फ्युलका कारण कुडाहीमा रहेको पार्क एभेन्यु इलेमेन्टरी स्कूलका २० बालबालिका र ११ वयस्कलाई हलुका चोटपटक लागेको छ ।

उक्त स्कूल एयरपोर्टभन्दा ३१ किलोमिटर टाढा छ । इन्धन झरेपछि बालबालिकाले पोल्यो पोल्यो भने । तत्कालै आपतकालीन सेवालाई त्यता पठाइयो । अनि धेरैजसो बालबालिकालाई प्राथमिक उपचारपछि छुट्टी दिइयो । 

त्यसबाहेक पनि स्यान गेब्रियल इलेमेन्टरी, ग्राहम इलेमेन्टरी, ट्वीड इलेमेन्टरी लगायतका स्कूलमा पनि इन्धन खस्यो । जेट फ्युल परेका केही मानिसलाई साबुन पानीले धोइयो । तर कसैलाई पनि अस्पताल लग्नुपरेन । 

दमकल विभागका निरीक्षक स्काई कोर्नेलले बालबालिकालाई कपडा बदल्न गाउन दिइएको बताए ।

डेल्टा एयरलाइन्सले विमान ८९ बाट फ्युल खसाइएको जनायो । प्राविधिक गडबडी आएपछि विमानलाई तत्कालै लस एन्जेलस विमानस्थल फर्काइयो । 

विमानमा २८८ यात्री थिए । त्यसलाई सुरक्षित अवतरण गराइयो ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसनले घटनाको अनुसन्धान थालेको छ । नियममुताबिक कुनै पनि विमानको आकस्मिक अवतरण गराउँदा मानिसको बस्तीमाथि जेट फ्युल खसाउन पाइँदैन । 

फ्युल डम्प गर्ने विषयमा अमेरिकामा निकै कडा कानून छ । आपतकालीन अवस्थामा विमानको इन्धन फाल्दा १० हजार फीटमाथिबाट खसाउनुपर्ने र पानीमा खसाउनुपर्ने नियम छ । 

तर डेल्टाका पाइलटलाई यी दुवै विकल्प उपलब्ध थिएनन् । उनले केही समय अगाडि मात्र टेकअफ गरेका थिए । पाँच हजार फीटमाथिबाट फ्युल डम्प गरेको भए पनि तल आइपुग्दा नपुग्दै त्यो हावामा विलीन भइसक्थ्यो । यो विमान ५ हजार फीटभन्दा मुनिबाट उडिरहेकाले बालबालिकामाथि इन्धन खसेको हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्