२४ जेठ २०८३, आइतबार

दिवंगत आमालाई सम्झेर अभिनेत्री ऋचाले लेखिन् भावुक स्टाटस

दिवंगत आमालाई सम्झेर अभिनेत्री ऋचाले लेखिन् भावुक स्टाटस

अभिनेत्री ऋचा शर्माले आफ्नी आमाको १३ औं दिनको पुण्यतिथिमा भावुक लेखेकी छन् । 

उनले साथी, संरक्षक तथा दु:ख बिसाउने काख गुमाएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन् । 

'आज हाम्री आमाको १३औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन् धेरै बढेको छ । एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको  छ। एउटा साथी, एउटा संरक्षक, दु:ख बिसाउने काख सबै गुमाएको छु,' उनले फेसबूकमा लेखेकी छन्, 'हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दु:खमा दुखी । मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा ।'

salt training

कमेन्ट गर्नुहोस्