
बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो नयाँ फिल्म ‘गंगुबाई कठियावाडी’ लिएर दर्शकमाझ आउन लागेका छन्।
यो फिल्मको लिड रोलमा आलिया भट्ट छिन्। छायांकनको सुरुआतदेखि नै दर्शक यो फिल्मको प्रतीक्षामा छन्। निर्माता-निर्देशकले फिल्म गंगुबाई कठियावाडीको फस्ट लुक रिलिज गरेका छन्।
फिल्मको फस्ट लुकमा आलिया ‘माफिया क्विन’को अवतारमा देखिएकी छन्। पोस्टरमा आलिया रातो बिन्दी र महाराष्ट्रियन नोजरिङमा देखिएकी छन्। फिल्मको अर्को पोस्टरमा आलिया ‘डी ग्ल्याम’ अवतारमा छिन्। सिँउदो पारेर बाटेको कपाल, हातमा चुरा र बाक्लो गाजल लगाएकी आलिया निकै सुन्दर देखिएकी छन्।
फिल्मको कथा सन् १९६० को दशकको हो। यो फिल्म पहिलो पटक कमाथिपुरा ब्राथलकी पावरफुल यौनकर्मीले हेर्ने भएका छन्। फिल्मको कथा हुसैन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित छ। फिल्ममा अजय देवगन विशेष भूमिकामा देखिने छन्। अजयको रोल निकै रोचक छ। गंगुबाई कठियावाडी ११ सेप्टेम्बर २०२० मा रिलिज हुनेछ। अन्नपूर्ण पोस्टमा खबर छ ।