०४ असार २०८३, बिहीबार

पोखरामा २६ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा बच्चा, ३ छोरी र १ छोरा

पोखरामा २६ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा बच्चा, ३ छोरी र १ छोरा
प्रतिकात्मक तस्वीर

पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा ४ सन्तानलाई जन्म दिएकी छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीवार बिहान ९ बजे शल्यक्रियामार्फत ४ सन्तानलाई जन्म दिएकी हुन् । 

हस्पिटलका डा. महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल ४ सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिइन् ।

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । 

डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका १ छोरा छन् ।

salt training

कमेन्ट गर्नुहोस्