
उत्तर कोरियाका नेता किम जोङ–उनलाई मनोरञ्जन दिनका लागि देशका महिला सैनिकहरूले नाचगान गरेको अनौठो भिडियो सार्वजनिक भएको छ ।
एकोर्डियन, गितार र ड्रमसेट लिएर बर्दीमा रहेका सैनिकहरू नाचेका थिए । किम एउटा डेस्कपछाडि बसेर उनीहरूको नाचगान हेरिरहेका देखिन्छन् ।
शुरूमा त किमलाई यो नाचगान मन नपरेको जस्तो देखिन्छ । तर पछि उनी उठेर महिलाहरूका लागि ताली बजाउँछन् र उनीहरूसँग तस्वीर पनि खिच्छन् ।
तर समूहको तस्वीर खिचाउँदै गर्दा झगडा हुन थाल्छ किनकि सहकर्मीले टोपी बिगारिदिएको जस्तो लागेपछि एक महिला रिसाउँछिन्
भिडियो कहिले र कहाँ खिचिएको स्पष्ट छैन तर यसलाई मंगलवार अमेरिकामा रहेको एनके न्युजमा अन्लाइन शेयर गरिएको हो ।
किमका अगाडि नाच्ने महिलाहरू भावुक देखिन्छन् र आँसु समेत चुहाउँछन् ।
महिला सैनिकहरू एकै सुरमा नाचिरहेका अनि हार्मोनिका बजाइरहेका पनि देखिन्छन् भने एक महिला गाइरहेकी देखिन्छिन् ।
एजेन्सी