११ साउन २०८३, सोमबार

अन्तर्राष्ट्रि चलचित्र महोत्सव फागुन १ देखि, ७९ चलचित्र प्रदर्शन हुने

अन्तर्राष्ट्रि चलचित्र महोत्सव फागुन १ देखि, ७९ चलचित्र प्रदर्शन हुने

तेस्रो नेपाल अन्तर्राष्ट्रि चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भएको छ । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवबारे जानकारी दिने उद्देश्यले प्रतिष्ठानद्वारा बिहीबार आयोजित कार्यक्रममा सहरी विकास राज्यमन्त्री तथा चलचित्रकर्मी रामवीर मानन्धरले चलचित्र क्षेत्रले राष्ट्रको पहिचानलाई बढवा दिने बताए।

मुलुकको विकास र समृद्धिमा कलाकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा राष्ट्रिय महत्वका विषयहरुलाई प्रचारप्रसारमा ल्याउन आग्रह गर्दै उनले राष्ट्रलाई चिनाउने ढङ्गले चलचित्रमा विषयवस्तु समावेश गर्न र राष्ट्र एंव राष्ट्रियतालाई सर्वोपरी मानेर चलचित्र बनाउन सुझाव दिए। 

अभिनेता निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकास र प्रवद्र्धनका लागि विभिन्न संस्थाहरु सक्रिय रहनु सकारात्मक सङ्केत भएको उल्लेख गर्दै नेपाली चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्नका लागि सबैको सहयोग अपरिहार्य रहेकाे बताए।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले १० अन्तरराष्ट्रिय, ३५ लघु, पाँच नेपाली र  १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने जानकारी दिए। उनले ५५ देशबाट प्राप्त ६०० चलचित्रबाट उत्कृष्ट छनिएका मात्र प्रदर्शन गरिने जानकारी दिए। “विगतमा कथानक चलचित्र मात्र प्रदर्शन गरिन्थ्यो”, उहाँले भन्नुभयो, “यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको हो ।” महोत्सवमा सबै विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने पनि उनले जानकारी दिए।

अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ ।  

salt training

कमेन्ट गर्नुहोस्