१५ असार २०८३, सोमबार

सिक्कीमका पूर्वमुख्यमन्त्री चामलिङ भन्छन्, 'जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो'

सिक्कीमका पूर्वमुख्यमन्त्री चामलिङ भन्छन्, 'जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो'

भारत, सिक्कीमका पूर्वमुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक रहेको बताएका छन्।
'सिक्किम सरकारले नेपाली भाषा, साहित्य, धर्म, संस्कृतिको विकासका लागि ठूलो काम गरेको छ,'  नेपाल प्रज्ञा प्रतिष्ठानले गरेकाे भेटघाट कार्यक्रममा पूर्वमुख्यमन्त्री चामलिङले भने,'सिक्कीममा नेपाली भाषाबारे अध्ययन, अध्यापन गर्नुदेखि आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माणसम्मको काम आफ्नो कार्यकालमा भएको छ।”'

'हामी जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो,'चामलिङले भने। सिक्कीममा राजनीति गरेपनि आफू नेपाली साहित्यकार र जनताको माझमा रहिरहने उनले बताए। 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चामलिङ बहुआयमिक व्यक्तित्वको धनी भएको बताउँदै भारतमा बसेर पनि नेपाली भाषा, संस्कृतिको सम्मानका लागि उहाँले गरेको योगदानको उच्च कदर गर्नुपर्ने बताए।

salt training

कमेन्ट गर्नुहोस्