
संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली कामदार सवार भएको मिनिबस दुर्घटनामा परेको छ।
१८ नेपाली कामदारसहित २४ जना रहेको उक्त मिनिबस अबुधावीमा बिहीबार करिब ५ः३० मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १९ जना घाइते भएको गल्फ न्यूजले उल्लेख गरेको छ।
मृत्यु भएकाहरुकाे राष्ट्रियता र पहिचान नखुलेको जनाइएको छ।
आबुधावी प्रहरीले त्यहाँका मिडियालाई बताए अनुसार प्रवासी कामदार बोकेको बसले मालबहाक लरीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासको टोलीघाइतेलाई भर्ना गरिएको मरफाक अस्पतालमा भेट्न पुगेका थिए।