०७ असार २०८३, आइतबार

८ अर्बको आइपिओ बिक्री गर्दै नेपाल इन्फ्रास्ट्रचर बैंक

८ अर्बको आइपिओ बिक्री गर्दै नेपाल इन्फ्रास्ट्रचर बैंक

ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ। शेयर बिक्री गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा आज एनआइबिएलएस क्यापिटल र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ।

बैंकले दिएको जानकारी अनुसार प्रति कित्ता १०० का दरले कूल आठ करोड कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो। आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको सो साधारण शेयर पछिल्ला दिनमा बिक्री गर्न लागिएको सबैभन्दा ठूलो हो। 

सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायव महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे।

बैंकको कूल अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । सर्वसाधारणलाई साधारण शेयर बिक्री गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब हुनेछ । बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका लगानी गर्ने लक्ष्य राखेको छ। 

salt training

कमेन्ट गर्नुहोस्