०७ असार २०८३, आइतबार

राष्ट्रिय भावना जागृत गर्न एकीकृत मार्ग

राष्ट्रिय भावना जागृत गर्न एकीकृत मार्ग

ऐतिहासिक सम्पदा र स्थललाई समेटेर ‘एकीकरण मार्ग’ निर्माण गरिने भएको छ।

पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानमा योद्धाहरुले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले एकीकरण मार्ग बनाउन लागिएको हो ।
    
‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गरेर नेपाली सेनाले एकीकरण मार्ग निर्माण गर्न लागेको हो । एकीकरणको दौरानमा प्रयोग गरिएका बाटो तथा लडाईं लडेका गढी एवं किल्ला सबैलाई समेटी उक्त स्थानको व्यवस्थित ढङ्गबाट संवद्र्धन र जर्गेना गर्ने लक्ष्य रहेको छ । सङ्घीय सरकार तथा स्थानीय तहको सहयोग र समन्वयमा नेपाली सेनाले एकीकरण मार्गको अवधारणा अघि बढाएको हो ।

एकीकरण मार्गको आगामी फागुन अन्तिम साता काभ्रे जिल्लाबाट शुभारम्भ गरिनेछ । क्रमशः सातै प्रदेशका जिल्लामा एकीकरण मार्ग सञ्चालन गरिनेछ । चालू आवको नीति तथा कार्यक्रममा समावेश भएका सो पदमार्ग निर्माणका लागि यसै आर्थिक वर्षमा बजेट विनियोजन भई काम अघि बढेको सेनाले जनाएको छ ।


    
उक्त अवधारणलाई कार्यान्वयनमा लैजान विज्ञ तथा सरोकारवालाको राय सुझावका लागि नेपाली सेनाले बिहीबार मुख्यालयमा तीन दिवसीय ‘बृहत् एकीकरण पदमार्ग सेमिनार’ आयोजना गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालीबीच देशभक्तिको भावना विकसित गराई राष्ट्रिय एकताको भावना सबल बनाउने तथा गौरवपूर्ण इतिहासको जगेर्ना गर्दै भविष्य देखाउने उद्देश्यका साथ एकीकरण पदमार्ग सञ्चालन गर्न लागिएको बताए।

यो वर्ष सिन्धुलीगढी सङ्ग्रहालय, काभ्रेमा भ्युटावर, पाल्पामा शस्त्रअस्त्र कक्ष निर्माण गर्ने कार्य अघि बढिसकेको सेनाले जनाएको छ ।
    
 

salt training

कमेन्ट गर्नुहोस्