
एउटा कुकुरले हार्मोनियमको धुनमा लय मिलाउँदै गाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सुबिर खानले फेसबूकमा अप्लोड गरेको भिडियोमा कुकुरले मान्छेसँग मिलेर गीत गाएको हो ।
भिडियोमा कालो ज्याकेट लगाएका एक मानिसले हार्मोनियम बजाउँदै हिन्दी गीत तेरे बिन गाइरहेको देखिन्छ । अनि ढोकामा उभिएको खैरो कुकुरले तिनै व्यक्तिका लागि जुगलबन्दी गरेको देखिन्छ । बीचबीचमा कुकुर एउटा खुट्टा पनि उचाल्छ । उसले गीत संगीतको आनन्द उठाइरहेको जस्तो देखिन्छ ।
भिडियोको शुरूआतमा बंगाली भाषामा ‘नहाँस्नुस् है, आज बिहान म र बाघा संगीत अभ्यास गरिरहेका छौं’ भनी लेखिएको छ ।
एजेन्सी