०८ असार २०८३, सोमबार

जनप्रतिनिधि घरघरमा पुग्न थालेपछि फेरियो गाउँको मुहार

जनप्रतिनिधि घरघरमा पुग्न थालेपछि फेरियो गाउँको मुहार

बाजुराको गौमुल गाउँपालिकाका जनप्रतिनिधिले पछिल्लो समय जनताको घरदैलोमा व्यतित गर्न थालेका छन् ।

गाउँपालिकाले गरेका कामको सन्तुष्टि वा असन्तृष्टि बुझ्न दैलोदैलोमा पुग्ने गरेको अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।

‘जनतासंग जनप्रतिनिधि भेट’ कार्यक्रम लिएर जनताको गुनासा सुन्न घरदैलो गरिएको उनले बताए ।

गाउँपालिकाले आगामी दिनमा गर्नुपर्ने काम र सुझाव समेत संकलन गरिएको  छ । उपाध्यक्ष सीता थापाले भने, ‘घरदैलोले आगामी दिनमा गर्नुपर्ने कामलाई सहयोग गर्छ ।’ गौमूल गाउँपालिकाले–१ का ७५ वर्षीया वृद्धा लाली रोकायाले भने, ‘आफूहरु निकै विकटमा छौं भन्ने लाग्थ्यो तर आजकाल आफूहरुले गाउँपालिकाले विकास गर्दै जाँदा विकासको अनुभूति हुँदैछ ।’ सोही वडाकी ६७ वर्षीया झुमा सार्कीले गाउँपालिकाका कामप्रति आफू सन्तुष्टि रहेको जनाए ।

स्थानीय मैना विकले भने, ‘धेरै महिला दिदीबहिनी हिंसाका कारण प्रताडित बन्नुहुन्थ्यो, गाउँपालिका मदिरा व्यवस्थापन गरेपछि मदिरा खाने ह्वात्तै घट्नुका साथै सुन्दर समाजको निर्माण हुँदै गएको छ ।’

गौमूल गाउँपालिका–१ अम्लिसवासी गाउँ जोड्ने सडक  बन्न थालेपछि खुशी भएका छन् । वर्षौंदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि निर्माण हुन थालेपछि हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्यचौकी पुर्‍याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पुर्‍याउन सजिलो भएको छ । 

गौमूल गाउँपालिकाका–४ ५ र ६ सडक पुगेपछि यातायात सुविधा भएको छ । गाउँमा व्यावसायिक तरकारी खेतीलगायत गाउँपालिकाबाट आएको बजेट तथा विकास निमार्णबाट अधिकांश परिवार ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्