
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलको बैठकले पार्टीको संयोजकको जिम्मेवारी महेन्द्र राय यादवलाई दिने निर्णय गरेको छ ।
संयोजक राजेन्द्र महतोको अध्यक्षमा शुक्रवार बसेको बैठकले माघ ५ गतेदेखि संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।
बैठकले फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन र महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि राष्ट्रिय विद्यार्थी संघको ६ वटा अध्यक्षलाई संयोजक गर्न कृष्णकुमार सिंह (कृष्णा) लाई संयोजक तोकेको छ ।